काटमाडौं। हतियारसहित पक्राउ गरेका नेपाली कांग्रेसनिकट नेपाल तरुण दल नेपालगञ्जका सभापति सन्दीपजंग शाहलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। उनीसँगै पक्राउ परेका अन्य तीन जनासँग भने धराैटी मागेको छ।
बाँके अदालतका न्यायाधीश दिलिपराज पन्तको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न र माधव नेपाली, प्रितम थापा र यमबहादुर बुढामगरसँग डेढ/डेढ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको अदालतका शाखा अधिकृत बीरबहादुर बोहराले देखापढीलाई जानकारी दिए। आज भएको थुनछेक बहसपछि अदालतको यस्तो आदेश आएको हो।
नेपाली, थापा र बुढामगरले आज धराैटी बुझाउन सकेका छैनन्। शाखा अधिकृत बोहराका अनुसार उनीहरूले भोलि धराैटी बुझाउने बताएका छन्।
जिल्ला अदालत बाँकेको आदेशपछि शाहलाई आजै कारागार कार्यालय नेपालगञ्ज पठाइएको बाँके प्रहरीका प्रवक्ता, डीएसपी शिबबहादुर सिंहले जानकारी दिए। साथै, अदालतले मागेको धराैटी बुझाउन नसकेपछि नेपाली, थापा र बुढामगर धराैटी नबुझाउन्जेलसम्मका लागि कारागार चलान भएका छन्।
१४ कात्तिकमा इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज–कोहलपुर सडक खण्डस्थित नमस्ते रिसोर्टमा पार्किङ गरिराखेको बा१८च ४२११ नम्बरको गाडी चेकजाँचका क्रममा सिटमुनि लुकाइराखेको अवस्थामा आधुनिक पेस्तोल र गोली फेला पारेको थियो।
त्यो गाडी शाहको थियो। त्यसक्रममा तरुण दल नेपालगञ्जका नगर सभापति शाहसहित ६ जनालाई पक्राउ गरेको थियो। तीमध्ये दुइजनालाई छाडिए पनि शाह, नेपाली, थापा र बुढामगरविरुद्ध मुद्धा दायर गरिएको थियो।
जिल्ला सरकारी वकीलको कार्यालय बाँकेले २८ कात्तिकमा मुलुकी अपराध संहिता–२०७४ को दफा १३२ (२) बमोजिम सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो।
पढ्नुहोस्
हतियारसहित पक्राउ परेका तरूण दल नेपालगन्ज सभापतिसहित चार जनाविरूद्ध मुद्दा दायर
हतियारसहित पक्राउ परेकालाई रिहा गर्न माग गर्दै तरुण दलको बाँके बन्द , जनजीवन प्रभावित !
" /> काटमाडौं। हतियारसहित पक्राउ गरेका नेपाली कांग्रेसनिकट नेपाल तरुण दल नेपालगञ्जका सभापति सन्दीपजंग शाहलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। उनीसँगै पक्राउ परेका अन्य तीन जनासँग भने धराैटी मागेको छ।

">