सेना मृत्यु प्रकरण: प्रहरी जवान ढकाललाई पाँच दिन हिरासतमा राखिने

चितवन। नेपाली सेना मृत्यु प्रकरणमा मुछिएका प्रहरी जवान ठाकुर ढकाललाई जिल्ला अदालत चितवनले आज पाँच दिनका लागि म्याद थप गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लका अनुसार ढकाललाई आज थप अनुसन्धानका लागि पाँच दिन समय थप गरिएको हो।

मृतक राम कँडेलका परिवारको किटानी जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले अनुसन्धानलाई असहज हुने भन्दै मुद्दा प्रक्रिया टुङ्गो नलागेसम्म निलम्बन गरी जिल्ला सरकारी वकील कार्यालयमार्फत् जिल्ला अदालतबाट पाँच दिनका लागि समय थप गरिएको हो।

ढकालविरुद्ध मृतक कँडेलका परिवारले हत्याको अभियोगमा १ मंसीरमा उजुरी दर्ता गराएको थियो।

ईच्छाकामना गाउँपालिका–३, फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हामफालेर मृत्यु भएका भनिएका नेपाली सेनाका जवान कँडेलका परिवारको किटानी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको थियो।

ईच्छकामना–५ का २८ वर्षीय कँडेल फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीमा राखिएकाे समयमा हिजाे बिहान बरण्डाबाट हामफालेर घाइते भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कँडेल नेपालीको बर्दबहादुर गणमा कार्यरत जवान हुन्।

उनको हत्या भएको भन्दै परिवार स्थानीयवासीले हिजो र आज पृथ्वी राजमार्ग बन्द गराएका थिए।

घटना शङ्कास्पद भएपछि उनको शव परीक्षणका लागि काठमाडौंं लगिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्