कैलाली। सुदूरपश्चिममा तीन वर्षमा सवारी दुर्घटनामा परेर ५२२ जनाको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा आर्थिक वर्ष २०७३/०७४ देखि २०७५/०७६ सम्म भएका ५८२ सवारी दुर्घटनामा ५२२ जनाले ज्यान गुमाएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले प्रदेशमा तीन वर्षको अवधीमा सवारी दुर्घटनामा १ हजार १ सय ३९ जना घाइते भएको बताए ।
आर्थिक वर्ष २०७३/०७४ मा १८४ सवारी दुर्घटनामा १३२ जनाको मृत्यु भएको र सोही अवधीमा ३४७ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
आर्थिक वर्ष २०७४/०७५ मा १६४ दुर्घटनामा १५८ जनाको मृत्यु भएको थियो भने ३३८ जना घाइते भएका छन्।
आर्थिक वर्ष २०७५/०७६ मा भएका २३४ सावरी दुर्घटनामा २२३ जनाको मृत्यु भएको र ४३४ जना घाइते भएको एसपी श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार सबैभन्दा बढि मोटरसाइकल दुर्घटना भएका छन्। दुर्घटनामा पर्ने मोटरसाइकलको संख्या ३०२, बस ९५, ट्रक ६६, जीप/कार १०८ र ट्याक्टर १२५ रहेका छन्।
चालु आर्थिक वर्षको कात्तिकसम्ममा भएका ५१ सवारी दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ भने ९९ जना घाइते भएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए।
सवारी चालकको लापरवाही, सडकको दुरावस्था, तीव्र गति, प्रयाप्त मात्रामा ट्राफिक सूचना बोर्ड नहुनु, मदिरा सेवन र यात्रुको लापरवाहीले समेत सवारी दुर्घटना हुने गरेको छ।