कामठााडौं। नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलको कार्यकाल कार्यसमिति गठन नरिकनै सकिएको छ।
२ मंसिर २०७३ मा जितजंग बस्नेतको नेतृत्वमा घोषणा भएको तरुण दलको कार्यकाल सकिएसँगै आजदेखि स्वतः नेतृत्वविहीन भएको छ।
नेपाली कांग्रेसको विधानमा कार्यकाल समाप्त भएका भ्रातृ संस्थाले निर्धारित समयमा महाधिवेशन गर्न नसके स्वतः भंग हुने व्यवस्था छ।
२७–३० कात्तिक, २०७३ मा पोखरामा भएको तरुण दलको तेस्रो महाधिवेशन निर्धारित समयमा नसकिएपछि बस्नेतको नेतृत्वमा तरुण दल केन्द्रीय समिति घोषणा गरिएको थियो।
चार सदस्यीय तरुण दल केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा उत्तम चापागाईं, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ थिए।
तर, तरुण दलको विधानमा व्यवस्था भएको तीन वर्षीय कार्यकाल सकिनुअघिसम्म पनि केन्द्रीय समितिले पूर्णता पाउन सकेन। विधान अनुसार दुई सचिव र केन्द्रीय सदस्यहरू थपिनुपर्ने थियो।
महाधिवेशनपछि तरुण दलमा कार्यसमिति कूल ९५ सदस्यीय हुने र त्यसमध्ये १६ जना अध्यक्षले मनोनित गर्ने प्रावधान राखिएको थियो। तर, संगठनभित्रको विवादले एकजना पनि सदस्य चयन नगरी बस्नेत नेतृत्वको कार्यकाल समाप्त भएको छ।
गत भदौमा कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको कार्यक्रमलाई लिएर असन्तुष्टि व्यक्त गरेका महासचिव शाही कारवाहीमा परेका थिए।
तरुण दल अध्यक्ष बस्नेतद्वारा शाहीलाई संगठनको साधारण सदस्यबाट हटाएको भनेर सार्वजनिक गरेको एक घण्टा समेत नबित्दै शाहीले पनि अध्यक्ष बस्नेतलाई कारवाही गरेको विज्ञप्ति जारी गरेका थिए।
कांग्रेसको अर्काे बलियो भ्रातृसंस्था नेपाल विद्यार्थी संघ पनि दश महीनादेखि नेतृत्वविहीन छ। ११औं महाधिवेशनबाट निर्वाचित सभापति नैनसिंह महरले २८ माघ, २०७५ मा राजीनामा दिएसँगै संघ नेतृत्वविहीन बनेको हो।
तीन वर्षअघि ३ भदौ, २०७३ मा नेविसंघको ११औं महाधिवेधन भएको थियो।