कारागारबाटसमेत पूर्वमन्त्री आलमको धम्की

काठमाडौं। कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन्।

आफूलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका छन्।

गिरीले १ मंसीर दिउँसो नख्खु कारागार पुगेर आलमसँग भेट गरेका थिए।

भेटपछि आलमले कारागार स्थानान्तरणका लागि हिन्दीमा लेखेको मागपत्र कारागार प्रशासनलाई बुझाएका छन्। उक्ता मागपत्र कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पठाएको छ।

स्थानान्तर(णका लागि आलमको माग आफ्ना समर्थक भड्काएर मुद्दा प्रभावित बनाउने खेलअनुसार आएको हुन सक्ने सुरक्षा निकायको विश्लेषण छ। मागपत्रमा रौतहटका प्रहरीप्रति टिप्पणी गर्दै आलमले उनीहरूलाई राम्रो नहुने चेतावनी दिएका छन्।

‘वो एसपी (भूपेन्द्र खत्री, रौतहट) ने मेरे साथ गलत किया, उसका भी बुरा होगा’, आलमले लेखेको आजको कान्तिपुर दैनिकमा समाचार छ।

प्रहरीले आलमलाई भेट्न आउनेमाथि विशेष निगरानी राखेको छ।

नख्खु कारागार आफ्ना लागि सहज नभएको उल्लेख गर्दै आलमले आफन्त र नातेदारबाहेक अरुलाई भेट्न नदिइएकोप्रति पनि असन्तुष्टि जनाएका छन्।

‘मेरा सारा दोस्त मेरा रिस्तेदार है’, उनले लेखेका छन्, ‘यहाँ (रौतहट) सुरक्षा दिन सकिँदैन भनेर रातारात कारागार स्थानान्तरण (नख्खु) गरियो, सुरक्षा दिने काम प्रशासनको हो न कि स्थानान्तरण।

प्रतिक्रिया दिनुहोस्