काठमाडौं। सरकारले सीमा सुरक्षार्थ दार्चुलाको ब्यास नगरपालिका वडा नम्बर–१ छाङ्गरूमा सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म स्थापना गरेको छ। गुल्मको नेतृत्व सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) ले गरेका छन्।
गुल्ममा कति जनशक्ति छन् भन्ने खुलाइएको छैन। सामान्यतया हरेक गुल्ममा १६० जनासम्म सशस्त्र प्रहरी जनशक्ति हुने गर्दछ।
सोही ठाउँमा यसअघि सीमा निगरानीका लागि (बीओपी) स्थापना गरिएको थियो। जहाँ सशस्त्र प्रहरी निरीक्षकले नेतृत्व गर्दै आएका थिए। उक्त बीओपीलाई भने टिङ्करमा सार्ने सरकारको तयारी छ। र, माथिल्लो पौवामा पनि सरकारले बीओपी राख्ने भएको छ।
गुल्मको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले उद्घाटन गरेका हुन्। यससँगै मन्त्री थापाले गुल्मको भवन शिलान्यास पनि गरेका थिए।
सो अवसरमा बोल्दै थापाले देशको सीमा रक्षामा सीमा क्षेत्रको नागरिकको भूमिका महत्वपूर्ण रहँदै आएको चर्चा गरेका थिए। सीमा सुरक्षार्थ सशस्त्र प्रहरीको उपस्थिति नरहँदा पनि छाङ्गरू, गागा लगायत क्षेत्रका नागरिकले सीमा रक्षा गर्न सकेको बताएका थिए।
गृहमन्त्री थापासहितको टोली शुक्रबार गागामै बसेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए। त्यहाँ मन्त्री थापाले स्थानीयसँग त्यहाँका समस्याबारे अन्तर्क्रिया पनि गरे।
मन्त्री थापालाई स्थानीयवासीले टिङ्करसम्मको घोडेटो बाटो मर्मत गरी दिन र विद्युत, सडक लगायत पूर्वाधारको विकास गरिदिन माग गरेका थिए।
सोही क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा शय्यासँगै सुविधा थप्न र खाद्यन्न आपूर्ती बढाउन पनि माग गरेको प्रजिअ पोखरेलले बताए।
भारतले नेपाली भूमि अतिक्रमणलाई निरन्तरता दिएपछि सरकारले आफ्नो देशको सीमा सुरक्षाको लागि केही महिना अगाडि छाङ्गरुमा बीओपी स्थापना गरेको हो। हाल सोही ठाउँमा गुल्म स्थापनापछि देशको सीमा सुरक्षा हुने ठानिएको छ।
यससँगै सीमा अपराध न्यूनीकरण हुने, सीमा क्षेत्रबाट चोरी तस्करी न्यूनीकरण हुने र नागरिकको शान्ति सुरक्षा हुने पनि ठानिएको छ।
सशस्त्र प्रहरीका जनशक्तिलाई रासन भने सदरमुकाम खलङ्गाबाट व्यवस्थापन गरिँदै आइएको छ।
यस्तै, गृहमन्त्री थापाले सदरमुकाम खलङ्गामा शनिबार बिहान जिल्लास्थित सुरक्षा अधिकारीहरू, पत्रकार र राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।
टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजीत राई, नेपाल सेनाका सहायक रथी पवन घिमिरे, संघीय सांसद गणेश ठगुन्ना लगायत थिए।