आज विश्व शौचालय दिवस

काठमाडौं। आज १९ नोभेम्बर, विश्‍व शौचालय दिवस। सन् २०१३ देखि नै विश्‍व शौचालय दिवस मनाउने गरिएको छ।

नेपालमा पनि यस दिवसको अवसरमा विविध कार्यक्रम आयोजना भइरहेका छन्।

यस वर्ष ‘कोही नछुटौं’ भन्ने नारासहित विश्‍व शौचालय दिवस मनाइँदैछ।

नेपाललाई १३ असोज २०७६ मा खुला दिसामुक्त देश घोषणा गरिएको छ।

फोहोर पानी र दिसाजन्य फोहोरको प्रशोधनसहितको शौचालय सबैको पहुँचमा पुर्‍याउन सके मात्र खुला दिसामुक्त अभियानले सार्थकता माउने सरसफाइ क्षेत्रका अभियानताहरूले बताएका छन्।

तीब्र शहरीकरण र बढ्दो जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढ्दो छ।

काठमाडौं उपत्यका लगायत, अन्य शहर तथा राजमार्गका व्यस्त चोकहरूका भएका सार्वजनिक शौचालय पनि सरसफाइ एवं पूर्वाधारजन्य हिसाबले नाजुक अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस्