गाउँपालिकाले बीमा गरिदिएपछि सिन्धुपाल्चोकका चौंरी किसान उत्साहित

सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका चौँरीको बीमा गरेको छ।

गाउँपालिकाभित्रका फिरन्ते चौँरी गोठलाई लक्षित गर्दै खर्क र गोठमा पालिएका सबै चौँरीको निःशुल्क बीमा योजना गरिएको हो।

गाउँपालिकाको यो निर्णयबाट चौँरीपालक किसान उत्साहित भएका छन् ।

स्थानीय पेम्बा शेर्पाले बीमाले चौँरी मर्दा हुने जोखिम कम हुने भएपछि खुशी भएको बताए।

सरकार र किसानको संयुक्त लगानीमा पशु बीमाअन्तर्गत किसानले तिर्नुपर्ने बीमांक उपलब्ध गराउनुपर्ने छ।

७५ प्रतिशत सरकारी अनुदान र २५ प्रतिशत किसान स्वयंको लगानीमा बीमा कार्यक्रम आधारित छ।

तर, गाउँपालिकाले किसानलाई चौँरीपालनमा सक्रिय बनाउन उक्त २५ प्रतिशत आफैँ तिर्ने भएपछि किसानलाई निःशुल्क चौँरी बीमाको अवसर मिलेको हो।

गाउँपालिकाको निर्णयअनुसार हाल १६ गोठमा रहेका चार सय बढी चौँरीको निःशुल्क बीमा गरिएको छ।

एक लाख रुपैयाँ बढी मूल्य पर्ने चौँरी मर्दा किसानले व्यहोर्नुपर्ने घाटाबाट बीमा कार्यक्रमले मुक्ति मिलेको छ।

चौँरी पकेट क्षेत्र बनाई किसानलाई व्यावसायिक पशुपालक बनाउन बीमा कार्यक्रम निःशुल्क बनाइएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।

प्रतिक्रिया दिनुहोस्