काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २८ वटा वाणिज्य बैंकहरूको औसत आधार दर ९.५८ प्रतिशत छ । गत आर्थिक वर्षको यही अवधिमा १०.१४ प्रतिशत थियो ।
चालु आवको पहिलो तीन महीनामा १५ वटा वाणिज्य बैंकका आधार दर एकल अंकमा झरेको छ । गत वर्षको सोही अवधिमा तुलनामा तीन बैंकले आधार दर घटाएका छन् भने चार बैंकको आधार दर एकलबाट दोहोरो अंकमा पुगेको छ ।
आधार दर घट्नुले कर्जाको ब्याजदर घटेको संकेत गर्छ । तर, कर्जाको ब्याजदर निर्धारणका लागि आधार दरमा जोडिने प्रिमियम दर पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
बैंकहरूले कर्जाको प्रकृति हेरेर आधार दरमा निश्चित प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्छन् ।
राष्ट्र बैंकले कृषि तथा अन्य उत्पादनमूलक क्षेत्रमा प्रयोग ह्ुने कर्जाको आधार दरमा बढीमा २ प्रतिशत मात्रै प्रिमियम दर जोड्न पाउने व्यवस्था गरेको छ।
जसले गर्दा आधार दर ९ प्रतिशत भएको कुनै बैंकले उत्पादनमुलक क्षेत्रमा प्रवाह गर्ने कर्जामा ११ प्रतिशतसम्म ब्याज लिन पाउँछ ।
उत्पादनमुलक बाहेक अन्य प्रयोजनको कर्जामा भने बैंकहरू आफैंले प्रिमियम दर निर्धारण गर्छन् । बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्दै आइरहका छन् ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङका अनुसार कर्जाको प्रयोजन, ग्राहकको विश्वास र व्यवसाय, धितोलगायत पक्षको मुल्याङकन गरेर प्रिमियम दर निर्धारण हुन्छ ।
कुन बैंकको आधार दर कति ?
पहिलो तीन महीनामा सबभन्दा सस्तो आधार दर पूर्ण सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंकको छ । यसको आधार दर ६.६ प्रतिशत छ ।
आधार दर कम भएको दोस्रो बैंक हो– स्ट्यान्डर्ड चार्टर्ड बैंक । स्ट्यान्डर्डको आधार दर ७.६३ प्रतिशत छ ।
त्यस्तै, नेपाल बैंकको ७.८४, नबिल बैंकको ७.९४ छ । बाँकी बैंकहरूको आधार दर ८ प्रतिशतभन्दा माथि छ ।
८ प्रतिशतमाथि हुनेमा नेपाल इन्भेष्टमेन्ट बैंक ८.४८, एभरेष्ट बैंक ८.५२ र हिमालयन बैंकको ८.९३ प्रतिशत छ ।
त्यस्तै, सानीमा बैंक ९.२१, प्रभु बैंक ९.२४, ग्लोबल आईएमई ९.४४, एनआईसी एशिया ९.५१, प्राइम कमर्सियल ९.६७, नेपाल बाङ्लादेश ९.८७, एसबीआई बैंक ९.९४ र सनराइज बैंकका आधार दर ९.९७ प्रतिशत छ ।
बाँकी १३ वटा बैंकको भने आधार दर १० प्रतिशतभन्दा बढी छ ।
१० प्रतिशत बढी हुनेमा सिद्धार्थ र बैंक अफ काठमाडौंको समान १०.०२, जनता १०.१३, कृषि विकास बैंक १०.१८, लक्ष्मी बैंक १०.२४, मेगा १०.१९, एनएमबी बैंक १०.३३, सेन्चुरी १०.४५, माछापुच्छ«े बैंक १०.५६, सिटिजन्स १०.५७, कुमारी १०.६८ र एनसीसी बैंकको १०.७७ प्रतिशत छ ।
सबैभन्दा बढी सिभिल बैंकको आधार दर ११.११ प्रतिशत छ ।