चन्द समूहका नेता कृष्ण धमलाले पार्टी छाडे

काठमाडौं। सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका नेता कृष्ण धमलाले पार्टी परित्याग गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै धमलाले चन्द नेतृत्वको नेकपाले लिएको पछिल्लो नीतिप्रति आफू सहमत हुन नसकेको नसकेर पार्टी परित्याग गरेको जानकारी दिएका छन्।

“म विगत लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रही क्रान्तिकारी आन्दोलन र वर्ग संघर्षको मोर्चामा नेतृत्व गर्दै आइरहेको पार्टीको पछिल्लो योजना र समग्र विषयमा सहमत हुन सकिनँ”, उनले विज्ञप्तिमा छनेका छन्।

धमलाले आजैका मितिदेखि आफू स्वतन्त्र वामपन्थीको रूपमा क्रियाशील हुने पनि उल्लेख गरेका छन्। “सांगठनिक रूपमा म उक्त पार्टीमा नरहने घोषणा गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको आन्दोलनमा निरन्तर लागिरहने प्रतिवद्धा व्यक्त गर्दै आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टीलाई परित्याग गरेर स्वतन्त्र वामपन्थीको रूपमा क्रियाशील रहनेछु।”

चन्द नेतृत्वको नेकपाको पोटिब्यूरोसम्म पुगेका धमला केही समय पहिले घटुवामा परेका थिए। काठमाडौंमा घर किनेको भन्दै चन्द समूहले उनलाई घटुवा गरेको थियो। त्यसयता उनी निष्कृय बनेका थिए।

धमला पुष्पकमल दाहाल नेतृत्वको माओवादीमा हुँदा सुर्खेत जिल्ला इञ्चार्ज, भेरी–कर्णाली सदस्य तथा केन्द्रीय आयोजक समिति सदस्यको जिम्मेवारीमा थिए।

उनी चन्द समूहमा स्थापना कालदेखि नै सक्रिय बनेका थिए।

प्रतिक्रिया दिनुहोस्