प्रदेश सरकारको सुस्त गति, चार महीनामा साढे चार प्रतिशत मात्र खर्च
कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ४ प्रतिशत बजेट मात्र खर्च गरेको छ।

गत वर्षको तुलनामा विकास निर्माणका कामलाई तीव्रता दिने र बजेट खर्चको अवस्था सुधार गर्ने दाबी गरे पनि प्रदेश सरकारको गति यो वर्ष अझै सुस्त भएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ का लागि कूल २८ अर्ब १६ करोड रूपैयाँको बजेट बिनियोजन गरेको थियो। त्यसमध्ये पहिलो चौमासिकका लागि अख्तियारीप्राप्त बजेट २७ अर्ब ७६ करोड २० लाख ३५ हजार रूपैयाँ थियो।

चालु आर्थिक वर्षको पहिलो चार महीनामा त्यसमध्ये १ अर्ब २७ करोड ६१ लाख रूपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय, धनगढीको आँकडाले देखाउँछ। यो कुल बजेटको ४ दशमलव ६ प्रतिशत मात्र हुन आउँछ।

यो पनि चालु खर्चका कारणले भएको हो। पूँजीगत खर्च त योभन्दा पनि कम छ।

चालु खर्चतर्फ विनियोजित १४ अर्ब ६९ करोड ४८ लाख रूपैयाँमध्ये ५ दशमलव  ५५ प्रतिशत अर्थात् ८१ करोड ५६ लाख रूपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयले देखापढीलाई बताए।

पूँजीगत खर्चतर्फ विनियोजित १३ अर्ब ६ करोड ७१ लाखमध्ये यो चार महीनामा ३ दशमलव ५२ प्रतिशत मात्र खर्च भएको छ। सूचना अधिकारी पाण्डेयले पूँजीगततर्फ ४६ करोड ४ लाख ८० हजार रूपैयाँ मात्र खर्च भएको बताए।

सबभन्दा बढी ९ अर्ब ३९ करोड वार्षिक बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ४८ करोड ६२ लाख रूपैयाँ मात्र खर्च गरेको छ। खर्च भएको यो रकम मन्त्रालयको कूल बजेटको ५ दशमलव १८ प्रतिशत मात्र हो।

२ अर्ब ८० करोड बजेट रहेको कृषि मन्त्रालयले १४ करोड २२ लाख अर्थात् करीब पाँच प्रतिशत रकम मात्र खर्च गर्न सकेको छ।

४ अर्ब  ७० करोड बजेट रहेको सामाजिक विकास मन्त्रालयले ६ दशमलव ४१ अर्थात् ३० करोड १४ लाख मात्र खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयको आँकडाले देखाउँछ।

पहिलो वर्ष खर्च गर्ने पूर्वाधार नबनेको र नयाँ संरचनामा अभ्यस्त नभएकाले पनि खर्च कम भएको प्रदेश सरकारको दाबी थियो। दोस्रो वर्ष पनि बजेट खर्चको निराशाजनक अवस्थाले प्रदेश सरकारको गति नै सुस्त रहेको देखाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्