दक्षिण एशियाको आर्थिक वृद्धि २.५ प्रतिशतले घट्ने

कामठाडौं। विश्व बैंकले दक्षिण एशियाको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ।

दक्षिण एशियाको आर्थिक वृद्धिदर केही घटे पनि त्यसले नेपालको आर्थिक वृद्धिदरमा भने कुनै फरक नपार्ने बैंकले आज काठमाडौंमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

विप्रेषणलगायतका कारण नेपालको आर्थिक वृद्धिदर भने चालु आर्थिक वर्षभित्र ७ दशमलव १ प्रतिशत पुग्न कुनै समस्या नरहेको विश्व बैंकको अध्ययन प्रतिवेदनले देखाएको अर्थविद् विश्व पौडेलले जानकारी दिए।

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरलाई निरन्तरता दिन उद्योग स्थापनामा जोड दिनुपर्ने र कर असुलीलगायतका अधिकार स्थानीय तहलाई दिन उपयुक्त हुने सुझाव पनि दिएको छ।

बजारका अवरोध हटाउने तर, स्थानीय तहले नै कर उठाउने लगायतका काम गर्दा नेपालको आर्थिक वृद्धिदर झनै बढेर जाने विश्व बैंकको निष्कर्ष रहेको पनि अर्थविद् पौडेलले बताए।

प्रतिवेदनमा उत्पादन घटेका कारण दक्षिण एशियामा भने आर्थिक वृद्धिदर केही घट्न गएको पनि स्पष्ट पारिएको छ।

प्रतिक्रिया दिनुहोस्