बेपत्ता र सत्य आयोगको पदाधिकारी चयन प्रक्रियाप्रति द्वन्द्वपीडितको आपत्ति
काठमाडौं। बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी चयनका लागि प्रक्रिया थालेकोप्रति द्वन्द्वपीडित राष्ट्रिय सञ्जालले आपत्ति जनाएको छ।

यी आयोगका अध्यक्ष एवं सदस्यहरूको नाम सिफारिस गर्न गठित समितिले सिफारिस प्रक्रिया अगाडि बढाएकोप्रति सञ्जालले गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ।

सञ्जालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै दुवै आयोगको विद्यमान ऐन संसोधन बिना नै सार्वजनिक सूचना प्रकाशित गरि प्रक्रिया अगाडि बढाउने प्रक्रियामाथि प्रश्न उठाएको छ।

‘सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको संक्रमणकालिन न्याय र मानव अधिकार अनुरूपको कानून संशोधन पछि मात्र आयोग गठन गर्न द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार संघ, संस्था लगायतले सरकार, राजनीतिक दल र सिफारिस समितिलाई ध्यानाकर्षण गर्दा पनि त्यसको कुनै वास्ता नगरी सिफारिस समितिले आयोग गठन प्रक्रिया अगाडि बढाउने कार्य आपत्तिजनक रहेको द्वन्द्वपीडित राष्ट्रिय सञ्जालको ठम्याई छ’, विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष गोपालबहादुर शाह र महासचिव सुरेन्द्र खत्रीले संयुक्त हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा ऐन संशोधन नगरी गठन हुने आयोगले पीडितलाई सत्य र न्याय दिन नसक्ने र विगत झैं चार वर्षको कार्यकाल जस्तै अवस्था हुने उल्लेख गरिएको छ।

‘संक्रमणकालिन न्याय झन् ओझेलमा पर्ने निश्चित भएकोले ऐन संशोधन पछि मात्र आयोग गठन प्रक्रिया अगाडि बढाउन सरकार, राजनीतिक दल र सिफारिस समितिलाई आह्वान गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

सिफारिस समितिले २ मंसीरमा गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गर्दै व्यक्तिगत रूपमा नाम दर्ता गरेका, संघसंस्थाबाट सिफारिस गरिएका र समितिले नै समावेश गरेका नाम उपर उजुरी दिन ५ दिने समयावधि तोेकेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्