सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारी

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले न्यायपरिषद्मार्फत् सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने तयारी गरेका छन्।

४ मंसीरका लागि बोलाएको न्यायपरिषद् बैठकमा प्रधानन्यायाधीश राणाले न्यायाधीश नियुक्तिको अजेण्डा पेश गर्नेछन्।

सर्वोच्च अदालतमा १ र उच्च अदालतमा १२ न्यायाधीश पद रिक्त छन्।

८ महीना पहिला भएको सर्वोच्च र उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिपछि त्यही अजेण्डामा न्यायपरिषद् बैठक पहिलोपटक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्