काठमाडौं। काठमाडौं शहर, हेर्दा लाग्छ रहर। यो रहरलाग्दो शहरमा फुर्सद मिलेको मौका पारेर घुम्ने रहर कसलाई हुँदैन होला र?
जुत्ता कस्यो, झोला बोक्यो, नबोके पनि भयो। बस् हिँडिदियो। यसैत्यसै भीडमा हराइदियो आफैंलाई। तर, त्यो भीड फुर्सदिला मानिसहरूको मात्र हुँदैन। कति अफिस भेटाउन दौडिरहेका हुन्छन्, कति अस्पताल। कति मलामी बन्न कुदिरहेका हुन्छन्, कतिलाई जन्ती भेटाउने चटारो हुन्छ।
हतारहतार कुदिरहेका मानिसहरूको भीडमा हिंडिरहँदा तपाईंलाई झ्वाट्ट शौचालय जानुपर्यो भने? पिसाबले च्याप्यो भने? वा बिहान होटलमा खाएको खाना बासी परेकाले पेटै खराब भयो भने?
राम्रा र स्मार्ट भनिएका शहरहरूमा यो खासै ठूलो समस्या होइन। शौचालय जानुपर्ने अनुभूति हुनासाथ भेट्न सकिने दूरीमा सार्वजनिक शौचालय बनाइएका हुन्छन्। तर, काठमाडौंमा?
“शौचालय जानकै लागि कफि पिउने बहानामा ५० रूपैयाँ खर्च गरेर क्याफेमा छिर्ने गरेकी छु”, काठमाडौं कपन बस्ने अनिता भुजुको अनुभव यस्तो छ।
भुजुको मात्र होइन काठमाडौंका सबैजसोको भोगाई यस्तै हो। शौचालयको अभावमा मानिसहरू नजिकैको चियापसल, होटलमा छिरिरहेका हुन्छन्। कतिले त बाससम्म पुगुन्जेल पिसाब च्याप्छन्। जबकी डाक्टरहरु भन्छन्– त्यसो गर्दा मृगौला बिग्रिने खतरा हुन्छ।
काठमाडौं महानगरपालिकाले पर्याप्त मात्रामा सार्वजनिक शौचालय निर्माण नगर्दा यो समस्या आएको हो। सार्वजनिक शौचालयको संख्या गन्ने हो भने चरम अभाव छ यहाँ। काठमाडौं महानगरपालिकामा मात्रै १० लाख मानिस बस्छन्। तर, व्यवस्थित सार्वजनिक शौचालय जम्मा २५ वटा छन्।
पशुपति, स्वयम्भु र हनुमानढोका क्षेत्रगरी तीनवटा विश्व सम्पदा सूचीकृत सम्पदास्थल भएको काठमाडौं महानगरपालिका विश्वका उत्कृष्ट गन्तव्यस्थलभित्र पर्छ। काठमाडौं उपत्यकामा मात्रै सातवटा विश्व सम्पदा सूचीकृत स्थल छन्। तर, शौचालय भने खोजेको बेलामा पाउने सम्भावना निकै न्यून हुन्छ।
महानगरले स्मार्ट शौचालय निर्माण गर्ने योजना हरेक वर्ष ल्याउँछ। तर, ती योजना कागजमै थन्किन्छन्। यसवर्ष पनि शौचालय निर्माणका लागि ३ करोड रूपैयाँको बजेट छुट्याइएको छ। यही आर्थिक वर्षमा १० वटा सार्वजनिक शौचालय निर्माण गर्ने योजना छ।
काठमाडौं महानगरका प्रवक्ता इश्वरमान डंगोल भन्छन्, “महानगरले एउटा सर्भे नै गरेको छ। उक्त सर्वेक्षणले ४५ वटा ठाउँमा थप सार्वजनिक शौचालय आवश्यक भएको देखाएको छ। हामी त्यही अनुसारले काम अघि बढाएका छौं।”
भ्रमण वर्ष २०२० लाई केन्द्रित गरेर स्मार्ट शौचालय निर्माणमा ध्यान दिएको महानगरका प्रवक्ता डंगोलको भनाइ छ।
“धार्मिकस्थल र पर्यटकको आवागमन बढी हुने ठाउँमा स्मार्ट शौचालय निर्माण गर्ने योजना अघि बढाएका छौं”, उनी भन्छन् ।
डंगोलले योजना बताए पनि त्यसका लागि हुनुपर्ने तदारुकता महानगरमा भएको पाइँदैन। कतिसम्म भने ऊ आफैंले घुम्ती शौचालय समेत सञ्चालनमा ल्याउन सकेको छैन। अहिले सञ्चालनमा रहेका दुईवटा घुम्ती शौचालय नीजि संस्थासँगको सहकार्यमा हो।
महानगरले ४५ वटा सार्वजनिक शौचालय निर्माण गरेको भए पनि २० वटा बन्दजस्तो छन्। सञ्चालनमा रहेका शौचालय पनि गुणस्तरहीन छन्। न पानी हुन्छ, न सफा नै हुन्छ। तोकिएको शुल्क तिर्दा पनि महानगरवासीहरू दुर्घन्धित् र फोहोर शौचालय प्रयोग गर्न बाध्य छन्।