अध्यागमन 'सेटिङ' तोड्दै गृह

काठमाडौं। अध्यागमनबाट हुने मानव तस्करीको सेटिङ तोड्न गृह मन्त्रालयले नयाँ मापदण्ड ल्याएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी नै संगठित रूपमा तस्करीमा संलग्न पाइएपछि त्यस्ता गतिविधि रोक्न मन्त्रालय सक्रिय भएको हो।

अध्यागमनबाट यात्रु फर्किएको गुनासो बढेपछि मन्त्रालयले आवश्यक कागजपत्रवाहकलाई नरोक्न निर्देश गरेको छ।

मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्री रामबहादुर थापाले आवश्यक कागजपत्रसहित आउने यात्रुलाई नरोक्न अध्यागमलाई निर्देशन दिएका हुन्।

पर्यटक प्रवेशाज्ञा (भिसा) वाहक नेपालीलाई कर्मचारीले अनेक बहानामा रोक्दै आएको आजको अन्नपूर्ण पोष्टमा समाचार छ।

यात्रुले आवश्यक कागजपत्र देखाउँदा पनि ‘शंकास्पद यात्रा’ को संज्ञा दिँदै उनीहरूले रोक्ने गरेका थिए।

फर्काइएकाहरूसँग चर्को पैसा असुल गरी प्रस्थान अनुमति दिने गरिएको थियो।

अध्यागमन डेस्क अधिकृतले तजबिजी अधिकार प्रयोग गरी हचुवाको भरमा यात्रुलाई फर्काएको मन्त्रालयको ठहर छ।

तोकिएको कागजपत्र लिएर आउने जो कोही यात्रु अब गन्तव्य मुलुक जान सक्ने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्