आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस

काठमाडौं। आज २० नोभेम्बर, अन्तर्राष्ट्रिय बाल अधिकार दिवस। नेपालमा पनि र्‍याली, अन्तरक्रिया तथा बाल अधिकारको चर्चा गरेर यो दिवस मनाइदैछ।

२० नोभेम्बर १९८९ मा संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको हुनाले हरेक बर्ष २० नोभेम्बरका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाईन्छ।

नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धिलाई १४ सेप्टेम्बर १९९० मा हस्ताक्षर गरेको थियो।

नेपालमा बालबालिकाहरूको हक अधिकार संरक्षणका लागि बालबालिका सम्बन्धि ऐन २०४८ र नियमावली २०५१, बालश्रम सम्बन्धि ऐन २०५६, बाल न्याय कार्यविधी लगायत लागू गरिएको छ।

नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ मा बालबालिकाको अधिकार सुनिश्चित गरिएको छ।

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सहित बालअधिकारको क्षेत्रमा क्रियाशिल देशभरका सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गर्दैछन्।

नेपालमा १६ बर्ष मुनिका बालबालिकाको संख्या कूल जनसंख्याको ४१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्