सीमा सुरक्षा बैठक पोखरामा हुँदै
पोखरा। नेपाल–भारत सीमा सुरक्षा बैठक आजदेखि पोखरामा शुरु हुँदैछ।

बैठकमा नेपालको तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतको तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ।

बैठक तीन दिन सञ्चालन हुनेछ।

नेपालको तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डाइरेक्टर जनरल राजेशचन्द्रले टोलीको नेतृत्व गर्नेछन्।

बैठकमा नेपालका १० र भारतको तर्फबाट छ जना पदाधिकारीको सहभागिता रहने सशस्त्र प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डेले जानकारी दिएका छन्।

सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसारपसार लगायतका विषयमा छलफल हुने यो नियमित वार्षिक बैठक रहेको बताइएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्