प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई भने- ‘पुनर्गठनमा पर्नुभयाे भने राम्रोसँग काम गर्नू, पर्नुभएन भने छेउमै बसेर सहयोग गर्नू’

" /> प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई भने- ‘पुनर्गठनमा पर्नुभयाे भने राम्रोसँग काम गर्नू, पर्नुभएन भने छेउमै बसेर सहयोग गर्नू’

"> मन्त्रीको नाम टुंग्याउन प्रम ओली-दाहालबीच 'वान अन वान' छलफल हुँदै : Dekhapadhi
मन्त्रीको नाम टुंग्याउन प्रम ओली-दाहालबीच 'वान अन वान' छलफल हुँदै
काठमाडौं। मन्त्रीपरिषद पुनर्गठनका लागि हेरफेर हुने मन्त्रीहरुको अन्तिम नाम टुंगो लगाउन आज प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच 'वान अन वान छलफल हुँदैछ।

छलफल बिहान १० बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हुने तय भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ मंसीर साँझ बसेको मन्त्रिपरिषद बैठकमा आज आफूले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेको र सो तयारीलाई ध्यानमा राखेर कुनै पनि सार्वजनिक कार्यक्रममा नजान मन्त्रीहरुलाई आग्रह गरेका थिए ।

त्यसक्रममा उनले कोही मन्त्री फेरि दोहोरिन सक्ने र कोही चाहिँ नयाँ अनुहार आउने भन्दै यसलाई स्वाभाविक रुपमा लिन आग्रह गरेका थिए।

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच हुने 'वान अन वान' छलफलका कारण आज बिहान ९ बजेका लागि बोलाइएको नेकपा सचिवालय बैठक पछाडि सरेको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बिहान ९ बजेको पूर्वनिर्धारित  सचिवालय बैठक केही पछि सारिएको बताए। "केही तयारी गर्नुपर्ने भयो, आजै बैठक चाहि बस्छ तर नयाँ समय टुंगो लागिसकेको छैन", श्रेष्ठले देखापढीसँग भने।

उनले नेकपा सचिवालयको बैठकमा मन्त्री हेरफेरको अजेण्डाले प्रवेश पाउने संकेत गर्दै भने, "प्रधानमन्त्रीको प्रस्तावमा मन्त्री फेरबदलको विषय पनि छलफल हुनसक्छ।"

'काम गर्ने मन्त्री दिनुस्'

मन्त्रीपरिषद पुनर्गठनका लागि यसबीचमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच धेरै चरणमा छलफल भइसकेका छन्।

तर, मुख्यतः दाहालको अडानकै कारण त्यसबारे टुंगो लाग्न नसकेको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ।

दुई दिनअघि मात्र यसबारे भएको छलफलमा प्रधानमन्त्री ओलीले दाहाललाई भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, "कमरेड, काम गर्ने मन्त्री दिनुस्।"

स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले पूर्वमाओवादीबाट मन्त्री बनेका उद्योगमन्त्री मातृकाप्रसाद यादव, कृषिमन्त्री चक्रपाणि खनाल, खानेपानीमन्त्री वीना मगर र वनमन्त्री शक्ति बस्नेतलगायतलाई संकेत गरेका थिए।

पढ्नुहोस्:

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई भने- ‘पुनर्गठनमा पर्नुभयाे भने राम्रोसँग काम गर्नू, पर्नुभएन भने छेउमै बसेर सहयोग गर्नू’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्