बालुवाटारको बैठक सकेर प्रम ओली र दाहाल शीतलनिवासमा

काठमाडौं। मन्त्रिपरिषद पुनर्गठनबारे ‘वान अन वान’ छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति भवन शीतलनिवास पुगेका छन्।

नयाँ मन्त्रीहरुको सपथ आजै हुन सक्ने भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग त्यसबारे परामर्श गर्न प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहाल शीतलनिवास गएका हुन्।

त्यसअघि बालुवाटारमा दुवै नेताबीच करीब एक घण्टा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो।

आज १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमै नेकपा सचिवालय बैठक बस्दैछ।

पढ्नुहोस्:

मन्त्रीको नाम टुंग्याउन प्रम ओली-दाहालबीच 'वान अन वान' छलफल हुँदै

प्रतिक्रिया दिनुहोस्