मन्त्रिपरिषद् पुनर्गठनको चर्चाले सिंहदरबार सुनसान, गोकर्ण विष्टबाहेक कोही मन्त्री मन्त्रालय गएनन्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी गराएपछि सिंहदरबारस्थित सबै मन्त्रालय सुनसान छन्।

१० बजे मन्त्रालय पुगिसक्ने मन्त्रीहरू ११ः३० बज्दासम्म पनि मन्त्रालय पुगेका छैनन्।

श्रममन्त्री गोकर्ण विष्ट मात्र अहिले मन्त्रालयभित्र छन्।

उद्योगमन्त्री मातृकाप्रसाद यादव आफ्नो गाडी मन्त्रालयमा पठाएर आफू भने निवासमै बसेको उनका सहयोगीले जानकारी दिए। त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पनि गाडी मात्रै मन्त्रालय पठाएकी छन्।

उद्योगमन्त्री मातृकाप्रसाद यादवले आफू निवासमै बसेर मन्त्रालय पठाएको गाडी।

सूनसान उर्जा मन्त्रालय।

प्रतिक्रिया दिनुहोस्