काठमाडौं। मन्त्रिपरिषद् पुनर्गठनको प्रभाव संघीय संसदका समितिमा पनि देखिएको छ।
हिजो, ३ मंसीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेकाले मन्त्रीहरूलाई कुनैपनि सार्वजनिक कार्यक्रममा नजान भनेका थिए।
त्यसको प्रभाव आज बिहान ११ बजे बस्ने भनिएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि परेको छ।
समितिले आज संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनका विषयमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग छलफल तय गरेको थियो।
तर, मन्त्री पण्डित उपस्थित हुन नमानेपछि बैठक स्थगित भएको छ। मन्त्री नआउने भएपछि बैठक स्थगित भएको समिति सदस्य झपट रावलले देखापढीलाई जानकारी दिए।
विधेयकका विषयमा समितिमा यसअघि बसेको बैठकमा दफावार छलफल सकिइसकेको छ। आज प्रतिवेदनका विषयमा मन्त्रीसँग छलफल गर्ने कार्यतालिका थियो। रावलका अनुसार अब समितिको बैठक १४ मंसीरको उपनिर्वाचपनि मात्र बस्नेछ।
" /> काठमाडौं। मन्त्रिपरिषद् पुनर्गठनको प्रभाव संघीय संसदका समितिमा पनि देखिएको छ।हिजो, ३ मंसीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेकाले मन्त्रीहरूलाई कुनैपनि सार्वजनिक कार्यक्रममा नजान भनेका थिए।

">