भन्सार छलेर ल्याएको सामान बरामद <p>कैलाली। सशस्त्र प्रहरी बल, नेपालले भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको समानहरू नियन्त्रणमा लिएको छ।</p> <p>धनगढी उपमहानगरपालिका २ बडहराबाट अवैध रूपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करीब १ लाख १९ हजार ७ सय ५ रूपैयाँ बराबरको मोवाइलका पार्टस र ईलेक्ट्रोनिक सामान बरामद गरिएको हो ।</p> <p>बरामद सामान कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गणका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) भीमबहादुर चन्दले जानकारी दिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्