नेकपा सचिवालय बैठक जारी
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

आज बिहान ९ बजेको लागि तय गरिएको सचिवालय बैठक केही तयारी बाँकी रहेको भन्दै पछि सारिएको थियो।

नेकपा सचिवालय बैठक १२ः५० बजेबाट शुरू भएको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देखापढीसँग भने, "प्रधानमन्त्रीले बैठकमा मन्त्री फेरबदलको विषय जानकारी गराउन सक्नुहुन्छ।"

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ मंसीरको मन्त्रिपरिषद् बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी गराएका थिए।

नयाँ मन्त्रीहरुको सपथ आजै हुन सक्ने भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग त्यसबारे परामर्श गर्न प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहाल शीतलनिवास गएका थिए।

दुवै नेता शीतल निवासबाट फर्किएलगत्तै नेकपा सचिवालय बैठक बसेको हो।

मन्त्रिपरिषद पुनर्गठनबारे आज बिहान करीब एक घण्टा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच  ‘वान अन वान’ छलफल भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्