नेपाली भू-भाग छाडिँदैनः डा. काेइराला

विराटनगर। नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कालापानी र लिपुलेक नेपाली भू-भाग भएकाले कुनै हालतमा छाड्न नसकिने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो भू-भागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाएकाेमा कांग्रेसमा पनि समर्थन रहेकाे बताए।

महामन्त्री कोइरालाले नेपाल विद्यार्थी संघमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू हुने विधानमा उल्लेख छ भन्दै नेपाली कांग्रेस पार्टी एक भएर अघि बढ्नुपर्ने समय आएको बताए।

उनले मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक) नेपाली कांग्रेसमा एकीकृत भएपछि फोरम लोकतान्त्रिकबाट केन्द्रीय सदस्यका लागि सिफारिस भएको ११ जनाको विषयमा पार्टीले अध्ययन गरिरहेको बताए।

साथै उनले महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने कुरामा आफूले अहिले नै निश्चय नगरेको बताएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्