टर्कीमा ४० अवैध आप्रवासीकाे उद्धार

टर्की। टर्कीको एजियन तटीय क्षेत्रमा कम्तीमा ४० जना गैरकानूनी आप्रवासीको उद्धार गरिएको टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले जानकारी दिएको छ।

टर्कीको उत्तरपश्चिमी प्रान्त बालिकेसिरमा अवैध आप्रवासीहरू बोकेको एउटा डुंगा दुर्घटना भएको थियो।

तटीय सुरक्षाकर्मीहरूले ४० जना गैरकानुनी आप्रवासीहरूलाई बचाएको बताइएको छ।

उद्धार अभियान शुरु हुनुअघि समुद्रमा आप्रवासीहरूले भरिएको सानो डुंगा देखिएको मन्त्रालयले जारी गरेको फोटोमा देखाइएको थियो।

एजियन सागर हुँदै युरोप जाने प्रवासीहरूको लागिका लागि टर्की मुख्य मार्ग भएको छ।

सन् २०१६ को मार्चमा टर्की र युरोपियन युनियनबीच हस्ताक्षर गरिएको सम्झौताले अवैध आप्रवासको प्रवाहलाई रोक्ने भनिएको थियो।

यस वर्षदेखि अहिलेसम्म कूल ५४ हजार ३८७ जनाले टर्की हुँदै ग्रीस पुग्ने कोसिस गरेका छन्। (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्