तनहुँमा फेरि अर्को चितुवा मर्यो

तनहुँ। तनहुँको ब्यास–१ मा एउटा भाले चितुवा मृत अवस्थामा भेटिएको छ।

ब्यास नगरपालिकाको मुसेखोलामा आज बिहान ढाड भाँचिएको अवस्थामा चितुवा मृत अवस्थामा भेटिएको हो।

जिल्ला वन कार्यालय चितवनका प्रमुख केदार बरालले अन्दाजी ८ वर्षको ३५ किलाेको चितुवा मरेको भेटिएको देखापढीलाई बताए।

राजमार्गदेखि ५० मिटर तलपट्टि ढाड भाँचिएको अवस्थामा तर, अन्य घाउ चोट नलागेको उनले बताए।

“छेउमा वान्ता गरेको जस्तो पनि देखिएको छ”, उनले भने।

२ मंसीरमा पनि ब्यासमा चितुवाको भाले बच्चो मृत अवस्थामा भेटिएको थियो।

ब्यासको जनकल्याण सामुदायिक वनभित्र दुई वर्ष जतिको करीब १० किलाे तौल भएको बच्चाको पेट चिथोरिएको अवस्थामा भेटिएको थियो।

पेटको भित्री अंगहरू बाहिर निकालिएको अवस्थामा भेटिएको हुँदा अर्को ठूलो भाले चितुवाले आक्रमण गरी मारेको हुन सक्ने वन कार्यालय प्रमुख बरालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्