काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको छ।
आज बसेको सचिवालय बैठकले दाहाललाई कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। अर्का अध्यक्ष केपी शर्मा ओली भने पाँच वर्ष प्रधानमन्त्री हुने निर्णय पनि नेकपाले गरेको छ।
प्रतिनिधि सभाको यो अवधीमा ओलीलाई नै प्रधानमन्त्री बनाएर राजनीतिक स्थायीत्वको सन्देश दिने नेकपाले जनाएको छ। तत्कालीन एमाले अध्यक्ष ओली ३ फागुन २०७४ मा प्रधानमन्त्री नियुक्त भएका थिए। ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादीबीचको एकताबाट नेकपा गठन गरिएको थियो।
दुई अध्यक्षको वरियता भने हालकै हुने श्रेष्ठले जानकारी दिए। वरियतामा अध्यक्ष ओली अर्का अध्यक्ष दाहालभन्दा अघि छन्।
“अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष पुष्पकमल दाहाल कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रीत हुनुहुनेछ”, नेकपा प्रवक्ता श्रेष्ठले भने ।
उनका अनुसार नेकपाको बैठक दुई अध्यक्षको संयुक्त अध्यक्षतमा सञ्चालन हुनेछ। तर, आम रूपमा बैठकको अध्यक्षता र सञ्चालन दाहालले नै गर्ने उनले बताए।
“पार्टी र सरकार सञ्चालन अध्यक्षद्वयबीचको आपसी सल्लाहमा गर्ने, पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र पार्टी कमिटीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, आजको निणर्य यति नै हो”, श्रेष्ठले सचिवालय बैठकपछि भने।
मन्त्रिपरिषद् पुनर्गठनबारे आजको बैठकमा कुनै छलफल नभएको उनले जानकारी दिए। प्रधानमन्त्रीले यसअघि नै संकेत गरेर अनुसार तुरून्तै मन्त्रिपरिषद् हेरफेर हुने सम्भावना रहेको नेकपा प्रवक्ता श्रेष्ठले जानकारी दिए।