विकिलिक्सका संस्थापकविरुद्ध लागेकाे बलात्कार मुद्दाको जाँच स्वीडेनले रोक्यो
स्वीडेन। स्वीडेनले विकिलिक्सका संस्थापक जुलियन असांजविरुद्ध लागेको बलात्कार मुद्दाको फाइल बन्द गरेकाे छ।

असांजविरूद्ध अभियाेजन लगाउनेमध्येकी एक वकील इवा मारी मरसोनले भनिन्, “असांज अहिले बेलायतकाे कारागारमा छन्।”

जून महीनामा स्वीडेनको अदालतले आदेशमा भनेको थियो, ‘असांजलाई हिरासतमा लिनु नपर्ने थियो, यदि स्वीडेनलाई बुझाउन नसकिए बेलायतमै सोधपुछ गर्न सकिन्थ्यो।’

प्रारम्भिक अनुसन्धान सकिनु हुन्न भन्ने यो आदेशको आशय थियाे।

बलात्कार मुद्दा रोकिना साथ असांजविरुद्ध एक दशक पुरानो मुद्दा सकिएको छ।

स्वीडेनलाई बुझाउनबाट बच्नका लागि उनी सन् २०१२ देखि लन्डनस्थित इक्वेडोरकाे दूतावासमा बसिरहेका थिए।

यद्यपि यही वर्ष अप्रिलमा असांजलाई दूतावास भवनबाट निकालिएको थियो।

लगत्तै लण्डन प्रहरीले असांजलाई पक्राउ गरेको थियो।

आफूलाई अमेरिका बुझाउने विषयका विरुद्ध पनि असांज लडिरहेका छन्।

अमेरिकाले असांजमाथि गोपनीय दस्तावेज सार्वजनिक गरेको आरोप लगाएको छ। (द वायरबाट)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्