मिडिया काउन्सिल विधेयकको संशोधनमा छलफल
काठमाडाैं। राष्ट्रियसभाको विधायन समितिद्वारा गठित उपसमिति र नेपाल पत्रकार महासंघबीच संशोधनका लागि प्रस्तावित ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५’ का दफामा आज छलफल भएको छ।

छलफलमा सांसद ठगेन्द्रप्रकाश पुरीले महासंघको सुझावलाई गम्भीरताका साथ लिने र संशोधन बुँदा पारित नहुञ्जेलसम्म सरोकारवालाको सुझाव सङ्कलन गर्ने बताएकाे महासंघले जनाएको छ।

यसैगरी सांसद हरिचरण शिवाकोटीले कुनै पनि विधेयक पारित गर्नुअघि सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै ल्याउनुपर्ने भन्दै संशोधनमा रहेको विधेयक सम्पूर्ण प्रेसजगतको हितमा हुने गरी उपसमिति प्रयासरत रहेको बताए।

सांसद वृषेशचन्द लालले विधेयक ल्याउँदा सम्बन्धित मन्त्रीसँग छलफल गर्दागर्दै ल्याइएको बताउँदै हाल संशोधनमा रहेका बुदाँहरूलाई पत्रकारको हितमा हुने गरी सुझाव लिएर पूर्णता दिइने बताए।

कार्यक्रम महासंघका तर्फबाट नेपाल मिडिया काउन्सिल विधेयक संशोधनका लागि ११ बुँदे सुझाव प्रस्तुत गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले काउन्सिललाई बौद्धिक वर्गको प्रतितिधित्व हुने गरी निर्माण गरिनुपर्ने सुझाव दिए।

उनले काउन्सिललाई शब्दमा भन्दा पनि सम्पूर्ण पत्रकार तथा सञ्चारजगतको हितमा हुनुपर्ने धारणा राखेकाे महासंघले जनाएकाे छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्