प्रधानमन्त्री निवास भत्काउन शुरू

काठमाडौं। प्रधानमन्त्री निवासअन्तर्गत् हाल प्रधानमन्त्री बस्दै आएको भवन नवनिर्माणका लागि आज साँझदेखि भत्काउन शुरू गरिएको छ।

पञ्चायतकालमा निर्माण गरिएको भवन निकै पुरानो भएकाले नयाँ बनाउने क्रममा भत्काउन लागिएको हो।

नयाँ घर नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवासभित्र दक्षिणतर्फ रहेको एक भवनमा अस्थायी रूपमा बस्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

भवन सहरी विकास तथा भवन निर्माण विभागले बनाउने भएको छ। कन्टेक प्रालिले भवन निर्माणको ठेक्का पाएको छ। गएको १५ भदौदेखि शुरू भएको भवन निर्माणको कार्य ११ भदौ २०७८ मा सम्पन्न हुने लक्ष्य राखिएको छ।

भवनको लागत ३३ करोड ८० लाख रूपैयाँ रहेको छ। आयोजनाको नाम प्रधानमन्त्री आवास भवन निर्माण रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्