नेपाल भित्रने रेमिट्यान्समा खाडी मुलुकबाट धेरै
काठमाडौं। नेपाल भित्रने रेमिट्यान्समा खाडी मुलुककै वर्चस्व देखिएको छ।

विश्व बैंकका अनुसार नेपालमा ३९ मुलुकबाट रेमिट्यान्स प्राप्त हुन् गरेकोमा खाडी मुलुकबाट सर्वाधिक रेमिट्यान्स भित्रने गरेको छ।

विश्व बैंकले चालु वर्ष सन् २०१९ मा नेपाल भित्रने रेमिट्यान्स आठ अर्ब ६४ करोड ३० लाख अमेरिकी डलर (नौ खर्ब ८५ अर्ब रूपैयाँ) पुगेको जनाएको छ।

सार्वजनिक तथ्यांकअनुसार सन् २०१९ मा नेपाल भित्रने रेमिट्यान्स यहाँको कूल ग्राहस्थ उत्पादन (जीडीपी) को २९ दशमलब ९ प्रतिशत हो।

बैंकका अनुसार सन् २०१८ मा नेपालमा आठ खर्ब ३१ करोड डलर रेमिट्यान्स भित्रिएको थियो।

रेमिट्यान्स प्रवाहका आधारमा कतार पहिलो नम्बरमा छ भने साउदी अरब दोस्रो र भारत तेस्रो स्थानमा छ।

बैंकका अनुसार सन् २०१८ मा कतारबाट दुई अर्ब २२ करोड ७० लाख अमेरिकी डलर, साउदी अरबबाट दुई अर्ब तीन करोड ९० लाख डलर र भारतबाट एक अर्ब ३३ करोड ७० लाख डलर रेमिट्यान्स भित्रिएको आजको कारोबार दैनिकमा समाचार छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्