यो वास्तविक घटना नभई नेपाली सेनाले विपद्को समयको प्रतिकार्यका लागि गरेको सांकेतिक अभ्यास थियो।
रंगशालामा विभिन्न समूहले विपद्को पूर्वतयारी र विपद्का समयमा गरिनुपर्ने उद्धार र राहतको साङ्केतिक अभ्यासमार्फत स्थानीयलाई सचेत गराइएको छ।
राजविराज नगरपालिकाको समन्वयमा नेपाली सेनाले चार दिन सञ्चालन गरेको सामुदायिक विपद् प्रतिकार्य तालीमको अन्तिम दिन ४ मंसीरमा खेलमैदानमा तालिमप्राप्त उद्धारकर्ताले विपद्मा गरिने उद्धार कला प्रदर्शन गरेका हुन्।
प्राकृतिक विपद्को सामना पूर्व गर्नुपर्ने तयारी तथा विपद्का कारण हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले नेपाली सेनाको भीम दल गणले साङ्केतिक अभ्यास गरेको गणपति गुप्तबहादुर कुँवरले बताए।
कुँवरका अनुसार आगलागीका बेला राहत, उद्घार कार्य कसरी गर्ने भन्ने ज्ञान बढाउन उद्धार कला प्रदर्शन गरिएको हो।
अभ्यासमा आगो नियन्त्रण, घाइतेको उद्धार, उपचार र स्याहार, पीडितलाई खानपानको व्यवस्था गर्न सिकाइएको छ।
राजविराज नगरपालिका वारुणयन्त्र विभागका अनुसार सप्तरीमा गत आर्थिक वर्ष २०७५÷०७६ मा भएको ६७ वटा आगलागीको घटनामा करिब साढे एक करोड रुपैयाँ बराबरको क्षति भएको छ। रासस
" />यो वास्तविक घटना नभई नेपाली सेनाले विपद्को समयको प्रतिकार्यका लागि गरेको सांकेतिक अभ्यास थियो।

">