छुवाछूत गर्नेविरुद्ध मुद्दा दर्ता
<p>डडेलधुरा। जातीय भेदभाव तथा छुवाछूतका घटनामा डडेलधुरामा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ । डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–१ ठूलाखेत बस्ने प्रकाशसिंह जोरा र उनकी श्रीमती सीतादेवी जोराविरुद्ध सोही ठाउँ बस्ने दिलबहादुर कामीले जातीय भेदभाव तथा छुवाछूत ऐनअन्तर्गत जिल्ला अदालत डडेलधुरामा ३ मंसीरमा मुद्दा दर्ता गरेका हुन् । </p>
<p>१३ कात्तिमा आफ्नै घरमा बोलाई त (डूम) भनी गालीगलौज गरेर प्रकाश र उनकी श्रीमती सीताले कुटपिट गरेको भन्दै पीडित कामीले मुद्दा दर्ता गराएपछि दुवै जनालाई ४ कात्तिकमा पक्राउ गरिएको डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । </p>
प्रतिक्रिया दिनुहोस्