सर्लाहीमा मौरीले टोक्दा १ बालकको मृत्यु, ५ जना घाइते <p>सर्लाही। वनमौरीको टोकाइबाट मलङ्गवा नगरपालिका-७ सानो मुसैलीमा एक बालककोे मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्।</p> <p>खेतमा काम गर्ने क्रममा ४ मंसीर साँझ वनमौरीले टोकेर रवीकुमार रायको तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी प्रदिपसिंह राठौरले <em>देखापढी</em>लाई बताए।</p> <p>मौरीको टोकाइबाट&nbsp;चिन्तादेवी राय र&nbsp;बालकका बाबु रविकुमार राय, स्थानीयवासी २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएको&nbsp;स्थानीयवासी हरदास यादवले बताए।</p> <p>घाइतेलाई उपचारका लागि गएराति&nbsp;&nbsp;मलङ्गवा अस्पताल पुर्&zwj;याइएकोमा थप उपचार गर्न वीरगंज पठाइएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्