नेकपाका नेता प्रभु साहले भने-लेनदेन र गुटगत आधारमा मन्त्रिपरिषद् पुनर्गठन भयो
काठमाडौं। सत्तारुढ दल नेकपाका नेता प्रभु साहले मन्त्रिपरिषद् पुनर्गठन न्यायोचित हुन नसकेको भन्दै आपत्ति जनाएका छन् । उनले मन्त्रिपरिषद् कामका आधारमा नभइ गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा बनेको आरोप लगाएका छन् ।

"कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो । मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्यमान्यता पनि लागू भएको देखिएन । योग्यहरुलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एकचोटी लज्जित भएका छौं", सामाजिक सञ्जाल फेसबुकमा साहले लेखेका छन्।

साहको नाम पनि नयाँ मन्त्रीकारुपमा चर्चामा थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्