काठमाडौँ। नेपाल सरकारले १२ देशका रहेका नेपाली वाणिज्य तथा महावाणिज्यदूतहको पदावधि आगामी चार वर्षका लागि थप गरेको छ। यसै गरी, सरकारले दुई देशमा रहेका नेपाली वाणिज्यदूतको पदोन्नति गरेको छ भने एक ठाउँमा नयाँ वाणिज्यदूत नियुक्त गरेको छ।
सोमबार (असोज १९) गते बसेको मन्त्रिपरिषद्को बैठकले ती निर्णयहरू गरेको हो।
सरकारले इरानको तेहरानमा कार्यरत अवैतिनक महावाणिज्यदूत शाहरम शान्तियाइको पदावधि आगामी चार वर्षको लागि थप गरेको छ। मलेसियाको सेलगार शहरमा कार्यरत अवैतिनक वाणिज्यदूत तेयो स्वी लेङको पदाविध पनि आगामी चार वषको लागि थप गरिएको छ।
त्यसै गरी, पदावधि थपिनेमा इन्डोनेसियाको जाकार्तामा कार्यरत अवैतिनक वाणिज्यदूत बल्ली सपुत्र जनो सती तथा इजरायलको हाइफा सहरमा कार्यरत अवैतिनक वाणिज्यदूत निमरड बर्गर रहेका छन्।
चार वर्षको पदावधि थप हुने अन्य अवैतनिक वाणिज्य तथा महावाणिज्यदूतहरूमा इजरायलको बिरसेभा सहरमा कार्यरत इयान नीरको, अमेरिकाको इलिनोइस सहरमा कार्यरत मरिभन ए. ब्रस्टिन, अमेरिकाको मेरिल्याण्ड सहरमा कार्यरत प्रेमराजा महत, अमेरिकाको हवाइमा कार्यरत मेरी सी. क्यारोल, अमेरिकाको ओहियो सहरमा कार्यरत डा. विलयन सी. क्यासेल र अमेरिकाको सियाटल सहरमा कार्यरत ए.सी. शेर्पा रहेका छन्।
सरकारले बेल्जियमको फ्ल्यान्डर्स क्षेत्रमा इन्ग्रीड सेस्टर्स युटेनलाई आगामी चार वर्षको लािग अवैतिनक नेपाली वािणयदूत पदमा नियुक्ति गर्ने निर्णय गरेको छ।
त्यस्तै, ग्रीसको एथेन्स सहरमा अवैतिनक वाणिज्यदूत पदमा कार्यरत इम्मानोइल काराभेलाकसको पदाविध आगामी चार वर्ष थप गर्ने र उनलाई हाल कार्यरत अवैतनिक वाणिज्यदूतबाट महावाणिज्यदूतमा पदोन्नति गर्ने निर्णय पनि सरकारले गरेको छ।
सरकारले लेबनानको बेरुत सहरमा अवैतिनक वाणिज्यदूत पदमा कार्यरत एल शेख मोहमद वासम गोजायलले प्रशंसनीय कार्य गरेकोले उनलाई महावाणिज्यदूतमा पदोन्नति गरेको छ।
" /> काठमाडौँ। नेपाल सरकारले १२ देशका रहेका नेपाली वाणिज्य तथा महावाणिज्यदूतहको पदावधि आगामी चार वर्षका लागि थप गरेको छ। यसै गरी, सरकारले दुई देशमा रहेका नेपाली वाणिज्यदूतको पदोन्नति गरेको छ भने एक ठाउँमा नयाँ वाणिज्यदूत नियुक्त गरेको छ।सोमबार (असोज १९) गते बसेको मन्त्रिपरिषद्को बैठकले ती निर्णयहरू गरेको हो।

">