काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आठ दिन मात्र बाँकी छ ।
कोषका अनुसार ४ मंसीरसम्म करीब १० हजार रोजगारदाता र एक लाख बढी श्रमिक सूचीकृत भएका छन् ।
कोषले यसअघि असोज अन्तिमसम्म सूचीकृत भइसक्नुपर्ने जनाएको थियो । तर, उक्त अवधिमा अपेक्षाकृत सहभागिता हुन नसकेपछि १३ मंसीरसम्मका लागि समय थप गरिएको थियो ।
कोषकी प्रवक्ता रमा भट्टराईका अनुसार होटल, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योग लगायतका अधिकांश ठूला रोजगारदाताहरू कोषमा सूचीकृत भइसकेका छन् ।
१३ मंसीरसम्म पनि कोषमा सूचीकृत नुहुने श्रमिक तथा रोजगारदातालाई के गर्ने भन्ने विषयमा भने छलफल चलिरहेको भट्टराईको भनाइ छ ।
सरकारले भने योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन सबै रोजगारदातालाई अनिवार्य गरेको छ ।