सर्वाेच्चले दियाे एनसेललाई १८ अर्ब छुट (फैसलाकाे पूर्णपाठसहित)

काठमाडौं। सर्वाेच्च अदालतले टेलिफोन सेवा प्रदायक कम्पनी एनसेललाई करीब १८ अर्ब रूपैयाँ कर छुट दिने फैसला गरेकाे छ।

गत ९ भदौमा सर्वोच्चका ५ जना न्यायाधीशको बृहत पूर्ण इजलासले एनसेललाई आयकर ऐनअनुसार निर्धारित अतिरिक्त कर कानूनबमोजिम नभएको भन्दै त्यसलाई बदर गरेको थियो।

२०७६ वैशाखमा ठूला करदाता कार्यालयले एनसेलले ६२ अर्ब ६३ करोड रुपैयाँ पुँजीगत लाभकर तिर्नुपर्ने निर्णय गरेको थियो।

त्यसमध्ये एनसेलले विवादकैबीच २३ अर्ब ५७ कराेड रूपैयाँ बुझाएकाे थियाे। बाँकी रकम बुझाउन इन्कार गर्दै एनसेल सर्वाेच्च गएकाे थियाे।

बाँकी ३९ अर्ब ६ कराेडमध्ये जरीवाना बापतकाे रकम १७ अर्ब ९५ कराेड थियाे।

सर्वाेच्चले याे रकम तिर्न नपर्ने फैसला सुनाएकाे हाे।

फैसलाको पूर्णपाठः

प्रतिक्रिया दिनुहोस्