अफ्रिकी मुलुक बुर्किन फासाेमा प्रहरीद्वारा १८ जिहादी मारिए

बुर्किन फासो। अफ्रिकी मुलुक बुर्किना फासोमा भएको प्रहरी कारबाहीमा परी कम्तीमा १८ जना जिहादी विद्रोही मारिएका छन्।

प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयास गरेका ‘आतङ्ककारीहरू’ मारिएका अधिकारीहरूले जनाएका छन्।

सुरक्षाकर्मीतर्फ भने एकजना प्रहरी मारिएका र अरू सात प्रहरी घाइते भएका प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख छ।

आक्रमणकारी जिहादीहरूले प्रयोग गरेका हातहतियार, मोटरसाइकल र जिपीएसलगायतका साधनहरू घटनास्लथबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

सैन्य अधिकारीहरूका अनुसार गत हप्ता भएको दुई सुरक्षा कारबाहीमा परी अरु ३२ जनाको मृत्यु भएको थियो।

देशको खराब अवस्था, कमजोर सुरक्षा व्यवस्थालगायतका कारणले देशमा भइरहेको जिहादीहरूको हिंसा नियन्त्रण गर्न बुर्किन फासो असफल भएको छ।

हिंसात्मक गतिविधि गरिरहेको सो जिहादी समूह अलकायदा र इस्लामिक स्टेट (आइएस)सँग पनि नजिक रहेको बताइएको छ।

यिनीहरूले बुर्किन फासोसँगै माली नाइजरलगायतका देशहरूमा केही वर्षदेखि हिंसात्मक गतिविधि गर्दै आइरहेका छन्। रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्