उद्योगमन्त्री भट्टले भने- आयात प्रतिस्थापनका उद्योगको विकास र प्रवर्द्धनका लागि प्रतिवद्ध छु
मन्त्रालयमा आज आयोजित स्वागत कार्यक्रममा मन्त्री भट्टले पार्टीको घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुलाई कार्यान्वयनका लागि प्राथमिकता दिने बताउँदै देशको प्रगति र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास महत्वपुर्ण हुने बताए।
जनतासँग जोडिएका सेवालाई छिटो, छरितो र गुणस्तरीय  रूपमा उपलब्ध गराउनुपर्ने जोड दिँदै उनले जनअपेक्षालाई दृष्टिगत गरी कार्यसम्पादन गर्न निर्देशन दिए। राष्ट्रिय गौरवका रणनीतिक आयोजनालाई छिटो अगाडि बढाउने उनको भनाइ छ।
सोही मन्त्रालयका नवनियुक्त राज्यमन्त्री मोतिलाल दुगडले देशमा उद्योगको अवस्था खस्किदै गएको अहिलेको अवस्थामा उद्योगको विकास गरी आयात कम गरी व्यापार घाटा कम गर्नुपर्नेविचार व्यक्त गरे। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्