भौतिक पूर्वाधारलाई तीव्रता दिने मन्त्री नेम्वाङकाे प्रतिबद्धता
काठमाडाैं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध नेपाल निर्माणसँग जोडिएको आफ्नो मन्त्रालयका काम कारवाहीलाई गति प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन्।

आजदेखि कार्यभार सम्हालेका मन्त्री नेम्वाङले विगतका कमी कमजोरीलाई सच्याउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न मन्त्रालयले जोड दिने बताए।

मन्त्रालयमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले उपयुक्त नीति बनाउने, भएका नीति तथा कार्यक्रमलाई अगाडि बढाउने र समस्याको समाधानमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौंलगायत विभिन्न क्षेत्रमा धुलो उड्ने, कालोपत्रे उप्कनेलगायतका विविध समस्या यथावत् रहेको आफूलाई जानकारी रहेकाले छिट्टै तिनको समाधानमा लाग्ने जनाउँदै मन्त्री नेम्वाङले सडक, रेल र यातायात विभागले गरेका काम कारवाहीका विषयमा अध्ययन गरेर उचित निर्णय लिने धारणा व्यक्त गरे।

उनले भने, “जलमार्गका केही नीति बनिसकेका छैनन्, रेलमार्गका कुरा केही बन्दै गरेका छन्। राष्ट्रिय महत्वका योजना छन्, यी सबै काम द्रुत गतिमा लैजानु जरुरी छ।”

मन्त्री नेम्वाङले विगतभन्दा धेरै कुराहरू सुधार आएको दाबी गर्दै त्यसलाई अझै तीव्रता दिने बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्