काठमाडौं । समिट एअरले एक नयाँ जहाज थप गरेको छ ।
आन्तरिक हवाई सेवा प्रदायक कम्पनी समिटले चेक गणतन्त्रको कम्पनी लेटले बनाएको ‘एल–४१० यूभीपी–ई २०’ सिरिजको जहाज आज काठमाडौं ल्याएको हो ।
दर्ता नम्बर ‘नाइन एन एएनडी’ रहेको समिटको यो चौथो जहाज हो । डबल इन्जिन भएको जहाजमा २० सिट क्षमता छ ।
समिटका जहाजले सिमिकोट, जुम्ला, डोल्पा, फाप्लु, सुकेटार, खानीडाँडा, लुक्ला, मनाङ, मुस्ताङलगायत क्षेत्रमा उडान भर्दै आइरहेका छन् ।