काठमााडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो, ४ मंसीर राति गरेको मन्त्रिपरिषद् पुनर्गठनमा काठमाडौंब–७ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री बनेका छन्। मानन्धरले आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्।
रामवीर करीब एक बर्ष अघि एकाएक चर्चामा आएका थिए। चर्चाको कारण पनि रोचक छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट पराजित वामदेव गौतमलाई ‘जसरी पनि सांसद बनाएर’ संसदमा भित्र्याउने चर्चा चलिरहेको थियो। त्यहीक्रममा २०७५ असोज चौंथो साता सांसद मानन्धरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य गौतमका लागि आफूले राजीनामा दिन लागेको बताए।
कतिसम्म भने, उनले राजीनामा पत्र नै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका थिए। आफूले कसैको दबाबमा आएर नभई स्वःस्फुर्त रूपमा गौतमका लागि प्रतिनिधिसभाको सिट (काठमाडौं–७) खाली गर्न लागेको उनको दावी थियो।
मानन्धरले यस्तो दावी गरे पनि यथार्थ अलि फरक थियो। भर्खरै एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपामा शक्तिसंघर्ष चलिरहेको थियो। र, रामबीरको यो घोषणाका पछाडि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख भूमिका थियो। दाहालको खुमलटार, ललितपुरस्थित निवासमा भएको एउटा छलफलबाटै रामवीरले सांसद पदबाट राजीनामा गर्ने निधो गरेका थिए। जानकारहरूका अनुसार दाहाल रामवीरलाई राजीनामा गर्न लगाएर वामदेवलाई संसदमा ल्याउन र प्रधानमन्त्री ओलीमाथि दबाब बढाउन चाहन्थे।
तर, प्रधानमन्त्री ओली र नेकपा वृत्तबाट रामवीरको राजीनामा स्वीकृत भएन। त्यसभन्दा पहिले वामदेव डोल्पा, बाँके, दैलेख लगायतका जिल्लाबाट निर्वाचित कुनै सांसदलाई राजीनामा गराएर आफू सांसद बन्ने तयारीमा लागेको चर्चा चलेको थियो। रामवीर प्रकरण सेलाएपछि कास्की–२ बाट निर्वाचित सांसद एवं तत्कालीन पर्यटनमन्त्री रबीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भयो। वामदेवको नाम कास्की–२ को उपनिर्वाचनको लागि पनि चर्चामा आयो। तर, पछि उनी आफैले कास्कीबाट उम्मेद्वार नबन्ने घोषणा गरे।
त्यसबेला दाहालको योजनाअनुसार राजीनामा गर्न तयार भएका रामवीरलाई अहिले प्रधानमन्त्री ओलीले किन राज्यमन्त्री बनाए भन्ने प्रश्न नेकपाभित्र उठिरहेको छ।
“प्रधानमन्त्रीले उहाँलाई राज्यमन्त्री बनाउँदै हुनुहुन्छ भन्नेबारे अर्का अध्यक्ष दाहाल र पार्टी पंक्तिलाई पनि थाहा थिएन”, नेकपाका एक नेताले भने, “यो निर्णयमार्फत् प्रधानमन्त्रीले काठमाडौंको नेवार समुदायलाई समेटेको सन्देश दिन खोज्नुभएको पनि होला, मुख्य चाहिँ ‘वैगूनीलाई गुनले मार्न खोजेजस्तै’ देखिन्छ ।”
राज्यमन्त्री मानन्धरले भने पहिले र अहिलेको कुरामा कुनै सम्बन्ध नरहेको प्रतिक्रिया दिए। उनले त्यतिबेला पार्टीका जिम्मेवार नेतालाई समस्या पर्दा समाधान गर्न खोजेको बताएका छन्।
“पार्टीका जिम्मेवार नेतालाई समस्या पर्दा समाधान गर्न खोजेको हुँ”, मानन्धरले देखापढीसँग भने, “त्यतिबेला वातावरण अनुकूल नभएकाले भएन। अब त्यो कुरासँग यसको कुनै सम्बन्ध छैन।”
प्रधानमन्त्री ओलीले आफूलाई बोलाएर राज्यमन्त्री बन्ने विषयमा अगाडि नै छलफल गरेको उनले बताए। राज्यमन्त्री मानन्धरले आफूलाई प्राप्त जिम्मेवारी मन्त्रीसँग समन्वय गरेर पूरा गर्ने बताए।
“मन्त्रीजस्तो मेरो अधिकार त हुँदैन, त्यसैले धेरै योजना बनिसकेको छैन”, उनले भने, “मेरा केही योजनाहरू छन्, त्यसलाई मन्त्रीज्यूसँग समन्वय गरेर पूरा गर्छु।”
उनले खासगरी काठमाडौं उपत्यकाभित्रको फोहरमैला व्यवस्थापन र धुलो नियन्त्रणमा आफ्नो ध्यान रहने बताए। त्यसैगरी बाग्मती र विष्णुमती कोरिडोर निर्माणलाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताए।
यसका लागि काठमाडौं र ललितपुर महानगर प्रमुखसँग छिट्टै छलफल गरेर अघि बढ्ने राज्यमन्त्री मानन्धरको योजना छ।
" /> काठमााडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो, ४ मंसीर राति गरेको मन्त्रिपरिषद् पुनर्गठनमा काठमाडौंब–७ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री बनेका छन्। मानन्धरले आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्।रामवीर करीब एक बर्ष अघि एकाएक चर्चामा आएका थिए। चर्चाको कारण पनि रोचक छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट पराजित वामदेव गौतमलाई ‘जसरी पनि सांसद बनाएर’ संसदमा भित्र्याउने चर्चा चलिरहेको थियो। त्यहीक्रममा २०७५ असोज चौंथो साता सांसद मानन्धरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य गौतमका लागि आफूले राजीनामा दिन लागेको बताए।

">