काठमाडौं। बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै आज उच्च अदालत पाटनमा निवेदन दिएका छन्।
संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा उनलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो।
उनी डिल्लीबजार कारागारमा थुनामा रहेका छन्। जिल्ला अदालतको आदेश बदर गरी थुनामुक्त गराउन माग गर्दै निवेदन दिएको उच्च अदालल पाटनका रजिष्ट्रार बाबुराम दाहालले देखापढीलाई जानकारी दिए।
‘फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम थुनछेक उपरको निवेदन पेश गरिएको छ,’ दाहालले भने,“ भोलि इजलासमा पेश गरिनेछ।”
उनले इजलासले काठमाडौं जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन माग गर्ने कि नगर्ने भन्ने आदेश गर्ने जानकारी दिए।
“इजलासले कैफियत माग्ने/नमाग्ने भोलि थाहा हुन्छ,” उनले भने, “कैफियत माग भएमा त्यसपछि पूर्ण आदेश हुन्छ।”
" /> काठमाडौं। बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै आज उच्च अदालत पाटनमा निवेदन दिएका छन्।संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा उनलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो।

">