लण्डन। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपाली संघसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताएका छन्। मुलुकको विकासका निम्ति प्रविधि तथा ज्ञानको प्रयोग गर्न आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले ज्ञान, सीप र प्रविधिको विकास अब नेपाल आफैले गर्ने र आवश्यक प्रविधि भित्र्याउने बताए।

शुक्रबारदेखि  सुरु गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलन भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै देश समृद्ध र सक्षम बनाउन चाहने एनआरएनको सोचलाई सरकारले उत्साहका साथ लिइरहेको बताए। उनले  सबैको सोच, सहयोग, ज्ञान र सीपले नै नेपाल समृद्ध हुने विश्वास व्यक्त गरे। नेपाली अर्थतन्त्र अझै सक्षम भई नसकेकाले बाहिरी लगानी भित्र्याउन आवश्यक रहेको र त्यसमा एनआरएनएले महत्वपूर्ण भूमिका खेल्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।

गैर आवासीय नेपाली संघले उठाएका माग सरकारले पूरा गर्नेक्रममा रहेको बताउँदै प्रधानमन्त्री ओलीले गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने विषय अघि बढिसकेको जानकारी दिए। यसैगरी सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा  रहेको बताउँदै  प्रधानमन्त्री ओलीले कोरोना महामारीका बेला जनतालाई केही अप्ठ्यारो नहोस् भन्नेमा सरकारले पूर्णत: ध्यान दिइरहेको पनि बताए।

यसैगरी परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले  कोरोना महामारीले थपेको बहुआयामिक चुनौती सामना गर्न विश्वभर छरिएर रहेका उर्जावान नेपालीहरुको सहयोग अपरिहार्य हुने बताएका थिए। नेपालभित्र रहेका सम्भावनालाई उजागर गरेर मात्रै आर्थिक उत्थान गर्न सकिने भन्दै उनले नेपाली विज्ञहरुलाई  स्वदेशमा त्यस्ता सम्भावनाको खोजी गर्न आग्रह गरे।

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकाजूले सम्मेलनमा सहकार्य गर्न पाएकोप्रति खुसी व्यक्त गर्दै विज्ञ सम्मेलनले नेपाल र नेपाली एवं विदेशी विज्ञबीच ज्ञान तथा प्रविधिको आदानप्रदानमा पूलको काम गरेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले  गैरआवासीय नेपालीले नेपालको अर्थतन्त्र चलायमान बनाई समृद्ध मुलुकको सपना पूरा गर्न एनआरएनएसँग सहकार्य गर्न निजी क्षेत्र तयार रहेको बताइन्।

एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मातृभूमिलाई यतिबेला ज्ञान, सीप र बौद्धिकताले अघि बढाउनुपर्ने बेला भएकोले त्यही आवश्यकता पूर्ति गर्न सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरे।

आइतबारसम्म चल्ने विज्ञ सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन्। साथै २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ।

सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिनेछन्। विशेषतस् कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित  हुनेछ।  संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औं  पञ्चवर्षीय योजनासंग सम्बन्धित विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्।

गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा भइरहेको  सम्मेलनमा काठमाडौ विश्वविद्यालयको सहकार्य रहेको  छ।

" /> लण्डन। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपाली संघसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताएका छन्। मुलुकको विकासका निम्ति प्रविधि तथा ज्ञानको प्रयोग गर्न आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले ज्ञान, सीप र प्रविधिको विकास अब नेपाल आफैले गर्ने र आवश्यक प्रविधि भित्र्याउने बताए।

शुक्रबारदेखि  सुरु गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलन भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै देश समृद्ध र सक्षम बनाउन चाहने एनआरएनको सोचलाई सरकारले उत्साहका साथ लिइरहेको बताए। उनले  सबैको सोच, सहयोग, ज्ञान र सीपले नै नेपाल समृद्ध हुने विश्वास व्यक्त गरे। नेपाली अर्थतन्त्र अझै सक्षम भई नसकेकाले बाहिरी लगानी भित्र्याउन आवश्यक रहेको र त्यसमा एनआरएनएले महत्वपूर्ण भूमिका खेल्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।

गैर आवासीय नेपाली संघले उठाएका माग सरकारले पूरा गर्नेक्रममा रहेको बताउँदै प्रधानमन्त्री ओलीले गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने विषय अघि बढिसकेको जानकारी दिए। यसैगरी सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा  रहेको बताउँदै  प्रधानमन्त्री ओलीले कोरोना महामारीका बेला जनतालाई केही अप्ठ्यारो नहोस् भन्नेमा सरकारले पूर्णत: ध्यान दिइरहेको पनि बताए।

यसैगरी परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले  कोरोना महामारीले थपेको बहुआयामिक चुनौती सामना गर्न विश्वभर छरिएर रहेका उर्जावान नेपालीहरुको सहयोग अपरिहार्य हुने बताएका थिए। नेपालभित्र रहेका सम्भावनालाई उजागर गरेर मात्रै आर्थिक उत्थान गर्न सकिने भन्दै उनले नेपाली विज्ञहरुलाई  स्वदेशमा त्यस्ता सम्भावनाको खोजी गर्न आग्रह गरे।

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकाजूले सम्मेलनमा सहकार्य गर्न पाएकोप्रति खुसी व्यक्त गर्दै विज्ञ सम्मेलनले नेपाल र नेपाली एवं विदेशी विज्ञबीच ज्ञान तथा प्रविधिको आदानप्रदानमा पूलको काम गरेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले  गैरआवासीय नेपालीले नेपालको अर्थतन्त्र चलायमान बनाई समृद्ध मुलुकको सपना पूरा गर्न एनआरएनएसँग सहकार्य गर्न निजी क्षेत्र तयार रहेको बताइन्।

एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मातृभूमिलाई यतिबेला ज्ञान, सीप र बौद्धिकताले अघि बढाउनुपर्ने बेला भएकोले त्यही आवश्यकता पूर्ति गर्न सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरे।

आइतबारसम्म चल्ने विज्ञ सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन्। साथै २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ।

सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिनेछन्। विशेषतस् कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित  हुनेछ।  संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औं  पञ्चवर्षीय योजनासंग सम्बन्धित विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्।

गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा भइरहेको  सम्मेलनमा काठमाडौ विश्वविद्यालयको सहकार्य रहेको  छ।

"> गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार उत्साहित:  प्रधानमन्त्री ओली: Dekhapadhi ज्ञान, सीप र प्रविधिको विकास अब नेपाल आफैले गर्ने र आवश्यक प्रविधि भित्र्याउने प्रधानमन्त्रीको भनाइ।
• आइतबारसम्म चल्ने विज्ञ सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन्।
• २५ भन्दा बढी देशका सयभन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रबाट तीन सयभन्दा बढी प्रस्तोता सहभागी।
• सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिने।

गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार उत्साहित:  प्रधानमन्त्री ओली
लण्डन। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपाली संघसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताएका छन्। मुलुकको विकासका निम्ति प्रविधि तथा ज्ञानको प्रयोग गर्न आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले ज्ञान, सीप र प्रविधिको विकास अब नेपाल आफैले गर्ने र आवश्यक प्रविधि भित्र्याउने बताए।

शुक्रबारदेखि  सुरु गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलन भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै देश समृद्ध र सक्षम बनाउन चाहने एनआरएनको सोचलाई सरकारले उत्साहका साथ लिइरहेको बताए। उनले  सबैको सोच, सहयोग, ज्ञान र सीपले नै नेपाल समृद्ध हुने विश्वास व्यक्त गरे। नेपाली अर्थतन्त्र अझै सक्षम भई नसकेकाले बाहिरी लगानी भित्र्याउन आवश्यक रहेको र त्यसमा एनआरएनएले महत्वपूर्ण भूमिका खेल्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।

गैर आवासीय नेपाली संघले उठाएका माग सरकारले पूरा गर्नेक्रममा रहेको बताउँदै प्रधानमन्त्री ओलीले गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने विषय अघि बढिसकेको जानकारी दिए। यसैगरी सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा  रहेको बताउँदै  प्रधानमन्त्री ओलीले कोरोना महामारीका बेला जनतालाई केही अप्ठ्यारो नहोस् भन्नेमा सरकारले पूर्णत: ध्यान दिइरहेको पनि बताए।

यसैगरी परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले  कोरोना महामारीले थपेको बहुआयामिक चुनौती सामना गर्न विश्वभर छरिएर रहेका उर्जावान नेपालीहरुको सहयोग अपरिहार्य हुने बताएका थिए। नेपालभित्र रहेका सम्भावनालाई उजागर गरेर मात्रै आर्थिक उत्थान गर्न सकिने भन्दै उनले नेपाली विज्ञहरुलाई  स्वदेशमा त्यस्ता सम्भावनाको खोजी गर्न आग्रह गरे।

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकाजूले सम्मेलनमा सहकार्य गर्न पाएकोप्रति खुसी व्यक्त गर्दै विज्ञ सम्मेलनले नेपाल र नेपाली एवं विदेशी विज्ञबीच ज्ञान तथा प्रविधिको आदानप्रदानमा पूलको काम गरेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले  गैरआवासीय नेपालीले नेपालको अर्थतन्त्र चलायमान बनाई समृद्ध मुलुकको सपना पूरा गर्न एनआरएनएसँग सहकार्य गर्न निजी क्षेत्र तयार रहेको बताइन्।

एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मातृभूमिलाई यतिबेला ज्ञान, सीप र बौद्धिकताले अघि बढाउनुपर्ने बेला भएकोले त्यही आवश्यकता पूर्ति गर्न सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरे।

आइतबारसम्म चल्ने विज्ञ सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन्। साथै २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ।

सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिनेछन्। विशेषतस् कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित  हुनेछ।  संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औं  पञ्चवर्षीय योजनासंग सम्बन्धित विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्।

गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा भइरहेको  सम्मेलनमा काठमाडौ विश्वविद्यालयको सहकार्य रहेको  छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्