चितवनमा साँझ ६ बजेपछि चुनाव प्रचार गर्न नपाइने

चितवन। १४ मंसीरमा हुने उपनिर्वाचनमा साँझ ६ बजेपछि प्रचारप्रसार गर्न नपाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनको अह्वानमा बसेको सर्वपक्षीय बैठकले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मात्र प्रचारप्रसार गर्न दिने निर्णय गरेको हो।

सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको अध्यक्षतामा बसेको बैठकले उपनिर्वाचनलाई सुरक्षित र भयरहित बनाउनका लागि प्रचारप्रसारको समयावधि निर्धारण गरेको हो।

प्रमुख जिल्ला अधिकारी बस्नेतले उपनिर्वाचनका लागि लागू भएको निर्वाचन आचारसंहितालाई सबै पक्षले पूर्णरूपमा परिपालना गर्ने र गराउने निर्णय भएको बताए।

चितवनमा भरतपुर महानगरपालिका वडा नम्बर ६, खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो।

निर्वाचनमा पाँच राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन्। रासस

प्रतिक्रिया दिनुहोस्