सीमा विवाद हल गर्न सीमा निरीक्षण समिति बनाइने
काठमाडौं। भारत र चीनसँगको सीमा विवाद हल गर्न सरकारले सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सीमा विवाद हल गर्न ‘नेपाल–भारत’ तथा ‘नेपाल–चीन’ सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिए ।

आज मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

यस्तै सरकारले कलंकी–थानकोट–नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाहरूको सुरुङ मार्गको फ्लाइओभरका लागि आवश्यक पर्ने ११ दशमलव ८ रोपनी जग्गा र ४७ वटा घरटहरा अधिग्रहण गर्न स्वीकृति पनि दिइएको बाँस्कोटाको भनाइ छ।

३ मंसीरमा बसेको मन्त्रिपरिषद् बैठकले सरकार र रुसी महासंघबीच आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्यको क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति पनि दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्