महिन्दा राजापाक्षले लिए प्रधानमन्त्रीकाे शपथ

श्रीलंका। श्रीलंकाको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षले आज शपथग्रहण गरेका छन्।

परिवर्तित राजनीतिक सन्दर्भमा देशको नेतृत्वका लागि मार्ग प्रशस्त गर्दै निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले हिजाे राजीनामा दिएका थिए।

हिजाे नै नवनिर्वाचित राष्ट्रपति गोतावाय राजापाक्षले भूतपूर्व राष्ट्रपतिसमेत भइसकेका आफ्नै दाजुलाई प्रधानमन्त्रीका लागि सिफारिस गरेका थिए।

श्रीलंकाको इतिहासमा दाजुभाइ नै देशको राष्ट्रपति र प्रधानमन्त्री बनेको यो पहिलो घटना हो।

नवनियुक्त प्रधानमन्त्रीले सन् २००५ देखि सन् २०१५ सम्म श्रीलंकाको शक्तिशाली राष्ट्रपतिका रूपमा काम गरेका थिए।

उनकै नेतृत्वमा श्रीलंकामा तीन दशक लामो गृहयुद्ध अन्त्य भएको थियो। (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस्