काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौं उपत्यकामा सात घण्टासम्म विद्युत् कटौती गर्ने भएको छ। बिजुलीको लाइन मर्मत गर्न, तारमा छोएको रूखको हाँगा काट्न, विद्युतको पोल सार्नका लागि विद्युत् कटौती गर्नु परेको प्राधिकरणले बताएको छ।
प्राधिकरणले उपत्यका वितरण केन्द्रबाट वितरण गरिएको विद्युत् काटेको हो। जसमा लगनखेल, कुलेश्वर, बालाजु, पुल्चोक र जारेपाटी वितरण केन्द्रबाट वितरण भएका विद्युत् आज करिब सात घण्टा अवरूद्ध हुने भएको छ।
लगनखेल वितरण केन्द्रको टौखेल र चापागाउँ उपकेन्द्रबाट लाइन काटिँदा मुलपानी, कोतडाँडा, विष्टचाप, मानडाँडा र धोबीखोला क्षेत्रमा ११ बजेदेखि ६ घण्टा बत्ती नआउने प्राधिकरणले बताएको छ। त्यस क्षेत्रमा विद्युतको तारमा परेको रूखको हाँगा काट्नको लागि विद्युत अवरुद्ध गर्नुपरेको प्राधिकरणले बताएको छ।
त्यसैगरी, कुलेश्वर वितरण केन्द्रबाट विद्युत कटौती हुँदा सालिक चोक, पार्टी चोक, अमरज्योती स्कूल, हसन्टार र मालपोत क्षेत्रमा विद्युत् अवरूद्ध हुने छ। स्युचाटारमा नयाँ टान्फर्मर राख्न र पुरानो नैकाप क्षेत्रमा प्रसारणलाइनको मर्मतको लागि विद्युत् अवरूद्ध गर्नु परेको प्राधिकरणले बताएको छ। ती क्षेत्रमा साँझ पाँच बजेमात्रै विद्युत् नियमित हुने छ।
त्यसैगरी, बालाजु वितरण केन्द्रबाट विद्युत् काटिँदा शेश्मती, गोलढुंगा, लोलांग, फुयाँलथोक, ओशो एरिया, तीनपिप्ले, ठूलाखोला, छत्रे देउराली, जितपुर फेदी, ढुंगेधारा, नर्सरीचोक, वनस्थली, कुमारीटोल क्षेत्रमा दिउँसो चार बजेसम्म विद्युत् आउने छैन। चक्रपथ विस्तार कार्यका लागि एचटी लाइन तथा पोल सार्नको लागि विद्युत् अवरूद्ध गरिएको हो।
पुलचोक वितरण केन्द्रबाट पनि आज विद्युत् अवरूद्ध हुने भएको छ। सानेपा, स्टार हस्पिटल क्षेत्र, नयाँ बाटो, सिद्धार्थ कटेज, पाटिपा चोक र भनिमण्डल क्षेत्रमा दिउँसो चार बजेसम्म विद्युत् आउने छैन। उक्त क्षेत्रमा नयाँ फिडर निर्माण गर्न लागिएको प्राधिकरणले बताएको छ।
जोरपाटी वितरण केन्द्रबाट विद्युत् काटिँदा आज मुलपानी, काँडाघारी, सनसिटी, गोठाटार, ग्रीनहिल सिटी, थली, डाँछी, भद्रवास, आलपोट, गागलफेदी, इन्द्रायणी, साँखु, लप्सीफेदी, गाग्लेभारे र जरसिंहपौवा क्षेत्रमा साँझ पाँच बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ। वितरण लाइनहरूमा परेको रूखका हाँगाविगाहरू काट्नुपर्ने र सलम्बुटारमा विस्तारित सडकको संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने प्राधिकरणले बताएको छ।
उपत्यकाबाहिर पनि नौ घण्टासम्म आउने छैन बिजुली
काभ्रेको खोपासी फिडरबाट वितरण विद्युत् पनि आज अवरूद्ध हुने भएको छ।
काठमाडौं विश्वविद्यालय, पस्थली, खोपासी, सुन्थान, बल्थली, बेथानचोक, साँखु, दाप्चा, मानेगाउँ, श्यामपाटी, सिमलचौर, तीनधारे लगायतका क्षेत्रमा नौ घण्टापछि मात्रै विद्युत् नियमित हुने प्राधिकरणले बताएको छ। जंगलमा कभर तार तान्नको लागि अवरूद्ध गरिएको विद्युत् साँझ ६ बजेपछि मात्रै नियमित हुने छ।
त्यसैगरी, इटहरी वितरण केन्द्रबाट विद्युत् अवरूद्ध हुँदा हलगडा, तरहरा, कञ्चनचोक, बरमपुर खानेपानी, ओसो चोक, बस्नेत टोल, राधाकृष्ण मन्दिर, पुरानो यातायात कार्यालय क्षेत्र, संगीतचोक क्षेत्रमा दिउँसो ३ बजेसम्म विद्युत् आउने छैन। ती क्षेत्रमा प्रसारणलाइन मर्मतको लागि विद्युत् अवरूद्ध गरिएको प्राधिकरणले बताएको छ।
धनकुटा विरण केन्द्रबाट पनि आज विद्युत् कटौती हुने भएको छ। प्रसारणलाइनमा परेको रूखका हाँगा काट्नका लागि विद्युत् अवरूद्ध हुँदा धनकुटा, सहिदभूमी गाउँपालिका, हिले, महालक्ष्मी नगरपालिका, पाख्रीबास नगरपालिका, भेडेटार, डाँडाबजार र चौबिसे गाउँपालिकामा विद्युत् साँझ ५ बजेपछि मात्रै नियमित हुने छ।
" /> काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौं उपत्यकामा सात घण्टासम्म विद्युत् कटौती गर्ने भएको छ। बिजुलीको लाइन मर्मत गर्न, तारमा छोएको रूखको हाँगा काट्न, विद्युतको पोल सार्नका लागि विद्युत् कटौती गर्नु परेको प्राधिकरणले बताएको छ।त्यसैगरी, बालाजु वितरण केन्द्रबाट विद्युत् काटिँदा शेश्मती, गोलढुंगा, लोलांग, फुयाँलथोक, ओशो एरिया, तीनपिप्ले, ठूलाखोला, छत्रे देउराली, जितपुर फेदी, ढुंगेधारा, नर्सरीचोक, वनस्थली, कुमारीटोल क्षेत्रमा दिउँसो चार बजेसम्म विद्युत् आउने छैन। चक्रपथ विस्तार कार्यका लागि एचटी लाइन तथा पोल सार्नको लागि विद्युत् अवरूद्ध गरिएको हो।

">